Date:2017/09/23 |Saturday

४५ के जी चरेस सहित दुई जना पक्राउ

Posted on: September 11, 2017 | views: 77 | राजेन्द्रबहादुर सिंह

बझाङ  । जिल्ला प्रहरी कार्यालय बझाङले ४५ केजी लागु औषध चरेश सहित दुई जना पक्राउ गरेको छ । लागु औषध सहित प्रकाउ पर्नेमा सुर्मा गाउँपालिका गिठे बोहरा र सोही ठाँउ बस्ने दीपक बोहरा रहेका छन् । 

लागु औषध चरेस सहित नगद ४७ हजार नगद पनि प्रहरीले बरामत गरेको छ । 

पाथिभेरा बजारबाट लागु औषध चरेस सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रामबहादुर चन्द्रको नेतृत्वमा खटेको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । लागु औषध सहित पक्राउ गरेका निजलाई बझाङ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई प्रहरी हिरासतमा राखी अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरिक्ष क्रषिराम कंडेलले जानकारी दिएका छन् ।  


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं