22nd June | 2018 | Friday | 5:55:55 AM

नवराज सिलवालको रिट निवेदन खारेज

  POSTED ON : Tuesday, 12 September, 2017 (7:06:59 PM)

नवराज सिलवालको रिट निवेदन खारेज

हिमालय टाइम्स काठमाडौं । डीआईजी प्रकाश अर्याललाई नेपाल प्रहरीको आईजीपी बनाएर आफूमाथि अन्याय भएको भनि डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

आज मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको सात सदस्यीय बृहत पूर्ण इजलासले उक्त फैसला सुनाएको हो । 

प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले डिआइजी सिलवालको रिट आज खारेज गरेको हो । सरकारले चार वर्षका लागि प्रहरी महानिरीक्षकमा नियुक्त प्रकाश अर्यालको नियुक्ति कानुनसम्मत देखिएकाले सिलवालको रिट अगाडि बढाउन आवश्यक नभएको समेत सर्वोच्चले ठहर गरेको छ । 

न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारी पूर्ण इजलासमा थिए । 

डीआईजी सिलवाल पक्षबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की, तुलसी भट्ट, टीकाराम भट्टराई र दीपेन्द्र झालगायतले बहस गरेका थिए ।

अर्याललाई आईजिपी नियुक्त गर्ने तत्कालिन सरकारको निर्णय अवैधानिक भएको उनिहरुले जिकिर गरेका थिए ।

 सर्वोच्चले सिलवालको मागदाबी नपुगेको ठहर गर्दै सो निर्णय गरेको हो ।