19th February | 2018 | Monday | 5:29:47 PM

डिआइजी सिलवालले यसो भन्दै गरे राजीनामा

  POSTED ON : Wednesday, 13 September, 2017 (10:14:22 AM)

डिआइजी सिलवालले यसो भन्दै गरे राजीनामा

काठमाडाँै । प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
प्रहरी महानिरीक्षकमा नियुक्तिमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले उहाँले दायर गरेको रिट निवेदन आज खारेज भएपछि प्रेस विज्ञप्ति जारी गरी सिलवालले मंगलबारबाटै प्रहरी संगठनबाट अलग हुने घोषणा गरेका हुन ।
आफू कानूनको रक्षकका रुपमा प्रहरीमा कार्यरत रहेको तर कानूनी र राजनीतिक निर्णयबाट आफूलाई अन्याय परेको उल्लेख गर्दै उनले सरकारले विश्वास नगरे पनि जनता र जवानहरु माझ आफ्नो छबी कायम भएको दाबी पनि गरे । उनले भने, ‘प्रहरीमाथि राजनीति गर्ने वा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहेसम्म कानूनी राज्य स्थापित हुन सक्दैन ।’ रासस