Date:2017/11/25 |Saturday

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड दुई लाख सहयोग

Posted on: September 13, 2017 | views: 64 |

काठमाडौँ । दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ । 

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परराष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गरे । 

उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई हस्तान्तरण गरे । 

उपप्रधानमन्त्री महराले कोरिया साउथ–इष्ट पावर कम्पनीले बाढीपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त दिए । 

उनले कम्पनीले सुरु गरेको माथिललो त्रिशूली– १ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिनुभयो । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिशूली–१ (२१६ मेवा) परियोजना भूकम्पका कारण केही समस्या भए पनि दू्रतगतिमा अगाडि बढाएको जानकारी गराए । 

उनले विद्युत् खरिद् सम्झौदा(पिपिए)लाई अघि बढाइदिन आग्रह समेत गर्नुभयो । जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने बताए । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं