Date:2017/11/23 |Thursday

मेगा बैंकका कर्मचारी अर्याल मृत फेला

Posted on: September 14, 2017 | views: 96 |

रसुवा । मेगा बैंक स्याफ्रुबेँसीमा कार्यरत एक कर्मचारीको बुधबार निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार मृत्यु हुनेमा बैंक कर्मचारी अन्दाजी ३६ वर्षीय सुरभ अर्याल रहेका छन् । उनी आफ्नै डेरामा आज बिहान ११ः०० बजे मृत अवस्थामा फेला परेकाले शव परीक्षणका लागि जिल्ला अस्पताल धुन्चे ल्याइएको छ ।

कामनपा वडा नं ३४ पुरानो बानेश्वर घर भएका अर्यालको मृत्युको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं