22nd July | 2018 | Sunday | 12:47:02 PM

आर्थिक अभावका कारण दाहाल फलामको खोरमा

  POSTED ON : Monday, 25 September, 2017 (7:06:44 PM)

आर्थिक अभावका कारण दाहाल फलामको खोरमा

हिमालय टाइम्स । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडास्थित बोखिका उदयनारायण दाहाललाई फलामको खोरमा थुनिएको छ । 

दाहाल रोजगारीको सिलसिलामा विदेश गएपछि मानसिक रोगी भई फर्केका थिए । अहिले परिवारले उनलाई आर्थिक अभावका कारण उपचार गराउन नसकेको कारण खोरमा थुन्न विवश छ । उपचार खर्च दिने कोही दाता भए उनलाई उपचार गर्न लैजाने इच्छा परिवारको रहेको छ । 

तस्बिर ः अमृत बास्तोला, आठराई (तेह्रथुम), रासस