22nd June | 2018 | Friday | 11:02:35 AM

धादिङमा भएको बस दुर्घटनामा एकको मृत्यु ५४ घाइते

  POSTED ON : Tuesday, 10 October, 2017 (8:06:02 PM)

धादिङमा भएको बस दुर्घटनामा एकको मृत्यु ५४ घाइते

धादिङ । धादिङको सदरमुकाम नजिकै मंगलबार दिउँसो भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ५४ यात्रु घाईते भएका छन । 

मृत्यु हुने गंगाजमुना गाँउपालीका वडा नम्बर ३ बस्ने होमबहादुर घले रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइते होमबहादुरलाई उपचार गर्न लाने क्रममा बाटैमा मृत्यु भएको बताइएको छ ।

घाईते मध्ये २३ जनालाई उपचारका लागि काठमाडौं ट्रमा सेन्टर लगिएको छ भने अन्य घाईतेहरुको जिल्ला अस्पताल धादिङमा नै उपचार भईरहेको छ । ६ जनाको अवस्था गम्भीर रहेको छ ।

धादिङको सदरमुकामतर्फ आउदै गरेको बा ३ ख ४७८ नम्वरको यात्रु बाहक बस नीलकण्ठ नगरपालिका–१२ कुमाल गाउँमा दुर्घटनामा परेको थियो ।