Date:2017/12/14 |Thursday

राससका कर्मचारीबाट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सवा तीन लाख जम्मा

Posted on: October 11, 2017 | views: 44 |

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत कर्मचारीका तर्फबाट बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन लाख २५ हजार ७५१ जम्मा गरिएको छ । 

राससमा कार्यरत कर्मचारीको मासिक तलवबाट कट्टा गरेर सो रकम कोषको राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा रहेको खातामा जम्मा गरिएको हो । 

राससमा कार्यरत कर्मचारीका तर्फबाट यसअघि विसं २०७२ वैशाख १२ गतेको भूकम्प पीडितका लागि पनि मासिक तलवबाट रकम कट्टा गरी कोषमा जम्मा गरिएको थियो ।रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं