Date:2017/12/14 |Thursday

पर्वका बेला विष्फोटक पदार्थ प्रयोग नगर्न आग्रह

Posted on: October 11, 2017 | views: 34 |

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले तिहार तथा छठ पर्वको अवसरमा भूइचम्पा, पटाका, आतिशबाजी जस्ता विष्फोटक पदार्थको उत्पादन, आयात, निर्यात, बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ । 

आज एक सार्वजनिक सूचना प्रकाशित गरी कार्यालयले पटाका, आतिशबाजी जस्ता विष्फोटक पदार्थको प्रयोगले सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले यस्ता पदार्थको बिक्री वितरण र प्रयोग नगर्न आग्रह गरेको छ । यदि यसो गरिएको पाइए कारबाही हुने चेतावनी पनि कार्यालयले दिएको छ । 

सूचनामा तिहार अवसरमा खेलिने देउसीभैंलो जस्ता साँस्कृतिक कार्यक्रम पनि राति १० बजेसम्म मात्र खेल्न आग्रह गरिएको छ । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं