20th September | 2018 | Thursday | 9:56:50 PM

सिटिइभिटीका प्रमुखलाई कालोमोसो

  POSTED ON : Wednesday, 11 October, 2017 (8:19:28 PM)

सिटिइभिटीका प्रमुखलाई कालोमोसो

भक्तपुर । प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई आज उनकै कार्यकक्षमा विद्यार्थीले कालोमोसो दलेका छन् । 

प्रहरीका अनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही, अर्जुन बमसहितको विद्यार्थी टोलीले काफ्लेको कार्यकक्षमै पुगेर कालोमोसो दलेका थिए । 

केही दिनअघि सिटिइभिटीले नर्सिङ्गलगायत स्वास्थ्यका विभिन्न विषयमा प्रमाणपत्र तहमा अर्को शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना गर्ने गरी सम्बन्धन दिएको विरोधमा विद्यार्थीले कालोमोसो दलेका हुन् । 

कालोमोसो दलेलगत्तै प्रहरी पुगेपछि विद्यार्थीहरू पछाडिको ढोकाबाट भागेको प्रहरीले बताएको छ । 

शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सम्बन्धन दिएको भएपनि कालोमोसो कर्मचारीलाई दलिएको भन्दै सिटिइभिटीका कर्मचारीले भने विरोध गरेका थिए ।रासस


Views: 65