19th February | 2018 | Monday | 4:03:32 AM

गोरुले हान्दा युवकको मृत्यु

  POSTED ON : Wednesday, 11 October, 2017 (8:26:03 PM)

गोरुले हान्दा युवकको मृत्यु

भीमदत्तनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा आज खेत जोतिरहेको अवस्थामा गोरुले हान्दा एक युवकको मृत्यु भएको छ । 

स्थानीयवासी जितबहादुर चौधरीको घरमा काम गर्ने मजदुर ३५ वर्षीय सोमरी खुनाको हलो जोत्ने क्रममा गोरुले हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

गोरुको प्रहारबाट छातीमा गम्भीर चोट लागेका खुनालाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।रासस