Date:2017/12/14 |Thursday

थापा मृत भेट्टिए

Posted on: October 11, 2017 | views: 56 |

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीका रुपचन्द्र थापा तादी खोला किनारामा मृत भेटिएका छन् । 

लिखु गाउँपालिका–४ चौघडास्थित तादी खोला किनारमा ३५ वर्षका थापाको शव आज अपराह्न भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । 

केही दिनअघिदेखि परिवारको सम्पर्कभन्दा बाहिर रहेका थापाको मृत्युको कारण खुल्न बाँकी रहेको छ । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं