Date:2017/10/20 |Friday

नमस्ते बोलोचोकका यूवा सरसफाईमा

Posted on: October 12, 2017 | views: 51 |

हिमालय टाइम्स बोलोचोक । झापा शिवसताक्षी–४ का स्थानीय यूवाले आफ्नो गाँउको सरसफाई कार्यक्रम थालेका छन् । शिवसताक्षी नगरपालिका वडा नम्बर ४ अन्तर्गत  बोलोचोक बजारका युवाहरूले स्थानीय क्षेत्रमा समूहगत रुपमा सरसफाई कार्यक्रम गर्दै सरसफाईको महत्वलाई उजागर गर्न थालेका हुन् ।


“हाम्रो बोलोचोक हामी युवाको हातमा “ भन्ने मुल नारा लिएर बजार आसपासको क्षेत्रमा आठ वटा फोहोर ब्यबस्थापन गर्ने रिङ राखी कार्यक्रमको थालनी गरिएको छ  । ‘सफा र सुन्दर बजारक्षेत्र’ बनाउने र बजार आसपासमा उचित फोहोर व्यवस्थापन हुन नसक्दा मानिसको जीवनमा पार्ने प्रभाव लगायत सचेतना लिएर कार्यक्रम थालिएकोे नमस्ते बोलोचोक युथ क्लबका एक सदस्यले हिमालय टाइम्सलाई बताए ।


बजार क्षेत्रमा हुँने फोहोर, व्यापार व्यवसाय लगायत स्थानीय बासिन्दाको घरघरबाट निश्किने फोहोरको उचित व्यवस्थापन गर्ने, सचेतना जगाउने लगायतको उद्धेस्य लिएर केही हप्ता देखि समूहगत रुपमा नै सरसफाई थालिएको छ ।



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं