Date:2017/10/20 |Friday

करेन्ट लागेर एकको मृत्यु

Posted on: October 12, 2017 | views: 37 |

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखरा जाँदै गरेको ट्रकमा बिजुलीको लाइनले छुँदा करेन्ट लागेर घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
ठाकुरबाबा नगरपालिका–३ जुडपानीबाट भुस बोकेको ना ३ ख ५४८८ नंको ट्रकमा बिजुलीको लाइनले छुँदा करेन्ट लागी घाइते भएका बर्दिया बाँसगढी नगरपालिका– ३ का २० वर्षीय बलिराम थारुको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
अर्का घाइते बाँसगढी–३ कै अर्जुन थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ । भुस बोकेको ट्रकमा बुधबार करेन्ट लाग्दा दुईजना घाइते भएका थिए । चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं