18th January | 2018 | Thursday | 2:02:10 PM

एक लाख घुस सहित भूमिसुधारका अधिकारी पक्राउ

  POSTED ON : 2017-10-12 12:45:21

एक लाख घुस सहित भूमिसुधारका अधिकारी पक्राउ

हिमालय टाइम्स  । अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले भूमिसुधार कार्यालय सप्तरीका भूमिसुधार अधिकारी प्रकाशप्रसाद पोखरेललाई एक लाख घुस सहित पक्राउ गरेको छ ।

विहिबार अपराह्न आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले राजविराज–३ स्थित भूमिसुधार कार्यालयबाट उनलाई पक्राउ गरेको आयोगका पूर्वाञ्चल प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

जग्गा मुद्धामा लडिरहेकी सेवाग्राही महिलासँग कार्यालय प्रमुख पोखरेलले एक लाख घुस लिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ ।