Date:2017/12/17 |Sunday

सुगम तह घोषणा लागि सिफारिस गरिएकोमा आपत्ति

Posted on: October 12, 2017 | views: 114 | राजेन्द्रबहादुर सिंह

बझाङ  । बझाङका १२ वटा स्थानीय तह मध्य ६ वटा स्थानीय तहलाई सुगम घोषणाका लागी संसदमा सिफारिस गरिएको भन्दै यहाँका स्थानीयबासीले आपत्ती जनाएका छन् ।

 विकासका पुर्वाधारको न्यूनतम मापन नै नगरी हचुवा तालमा बझाङका संसदले गरेको निर्णय प्रति स्थानीयबासीले आपत्ति जनाएका हुन् । जिल्लाको जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, तल्कोट गाउँपालिका र छविस पाथीभरा गाउँपालिका गरी ६ वटा स्थानीयतहलाई सुगम घोषणाका लागि संसदमा सिफारिस गरिएको छ । 

मानव विकासको सुचाङ्ककमा ७२ आंै जिल्लामा गणना हुने बझाङका अधिकांश स्थानीय तहमा हालसम्म पनि प्रयाप्त सेवा सुविधा छैन । इन्टरनेट, विद्युत, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक संजाल लगाएतका पुर्वाधारहरु अझै पनि विकास हुन सकेको छैन । अतिआवश्यक विकासका पुर्वाधारहरुको परिपूर्ति नहँुदै रातारात सुगमका लागि किन सिफारिस गरियो भन्दै स्थानीयहरुले बझाङका ५ सभासदलाई जवाफ मागेका छन । 

गाउँमा गोरेटो बाटा छैनन्, खानेपानी छैन, विद्युत छैन, बिरामी भए उपचार गर्ने अस्पताल छैन, खेतीयोग्य जमिनको सदुपयोग छैन, सांसदले किन सुगमका लागि सिफारिस गरे भन्ने विषयमा स्थानीयहरु अन्यौलमा परेका छन् ।  जिल्लामा दुई वटा नगर पालिका घोषणा भएतापनि स्थानीयहरु भने नगरबाट पाउने सेवा सुविधाबाट बञ्चित भएका छन् । जिल्लामा खानेपानी, सिचाई, विजुली, स्वस्थ्य, शिक्षा, इन्रनेट, यातायात लगाएतका पुर्वाधारको अभाव हुदाहँुदै पनि सरकारले नगरपालिका घोषणा गरेको हो ।    


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं