22nd June | 2018 | Friday | 11:17:19 AM

सरकारद्धारा निर्माण व्यवसायी शरद गौचनलाई सहिद घोषणा

  POSTED ON : Friday, 13 October, 2017 (1:59:11 PM)

सरकारद्धारा निर्माण व्यवसायी शरद गौचनलाई सहिद घोषणा

हिमालय टाइम्स काठमाडौं । गत सोमबार राजधानीको बानेश्वरको खरीवोटमा अज्ञात समूहद्वारा हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई सरकारले सहिद घोषणा गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गौचनलाई सहिद घोषणा गरेको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् ।

निर्माण व्यवसायी तथा गौचनका आफन्तले सहिद घोषणाको माग गर्दै गौचनको शव बुझ्न मानेका थिएनन् । गृहमन्त्रीको प्रतिबद्धतापछि उनको हिजो बिहीबार अन्तिम संस्कार भएको थियो ।