Date:2017/12/14 |Thursday

‘विश्व दृष्टि दिवस’ मा ¥याली

Posted on: October 13, 2017 | views: 45 |

हिमालय टाइम्स 

काठमाडौं । ‘दृष्टिको महŒव बुझौं, विश्व दृष्टि दिवस मनाऔं’ भन्ने मूल नाराका साथ उपत्यकालगायत देशैभर बिहीबार ‘विश्व दृष्टि दिवस’ मनाइएको छ । राजधानीका तिलगंगा आँखा प्रतिष्ठानलगायत अन्य आँखा अस्पतालमा दृष्टिसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरी सो दिवस मनाइएको हो ।

दिवसका अवसरमा राजधानीमा निकालिएको ¥यालीमा विद्यार्थी र नेत्र चिकित्सकको सहभागिता थियो । चिकित्सकहरूले आँखाविनाको जीवन अन्धकार हुने भएकाले बेलैमा होस पु¥याउन जरुरी रहेको बताएका थिए । समयमै होस नपु¥याउँदा धेरै मानिसले दृष्टि गुमाएका कारण आँखाको विषयमा आफूले जानेका कुरा एकअर्कामा साटासाट गर्न जरुरी रहेको प्रतिष्ठानका कार्यक्रम उपमहानिर्देशक रोहित सैजूले बताए ।

उपत्यकाबाहिर रहेका प्रतिष्ठानका १५ वटा शाखाले पनि चेतनामूलक ¥याली निकालेको प्रतिष्ठानले जनाएको छ । पहिला नै ख्याल गरे उपचार सम्भव हुने र आफ्नो दृष्टि बचाउन सकिने भएकाले पनि जनचेनामूलक ¥याली र सूचना आदानप्रदान आवश्यक रहेको उनले बताए । उनले आँखा मोतिबिन्दु रोग लागेपछि निको हुन समस्या हुने भएकाले यस विषयमा सबैले विशेष ध्यान दिन जरुरी रहेको बताए । यसको कुनैपनि लक्षण देखा परेमा तुरुन्तै स्वास्थ्यसंस्था गएर उपचार गराउनुपर्नेमा उनले जोड दिए ।

परको दृश्य नदेख्नु, हेर्दा धमिलो देखिनु, हेर्न अफ्ठ्यारो हुनु, टाउको दुखिरहनु, टिभी हेर्दासमेत धमिलो देखिनुलगायत दृष्टिविहीनको लक्षण रहेको चिकित्सकहरूको बताएका छन् ।

हरेक व्यक्तिले आफ्नो आँखा बेलाबेलामा जँचाइरहनुपर्ने पनि उनीहरूको सुझाव छ । मानिसले आँखाको विषयमा हुने समस्यालाई सामान्यरूपमा लिने भएकाले दृष्टिविहीन हुने समस्या बढ्न थालेको उनीहरूको भनाइ थियो । चिकित्सकले महिलामा अशिक्षा र चेतना अभावका कारण बढी अन्धोपन पाइएको बताएका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं