Date:2017/12/14 |Thursday

बसको ठक्करले मृत्यु

Posted on: October 13, 2017 | views: 78 |

चितवन । बसको ठक्करबाट चितवनमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ बैदी घरभएकी २२ वर्षीया निशा थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

चौबिसकोठीबाट नारायणगढतर्फ जाँदै गरेको ना ३ ख २२८० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ३० प ५५०० नम्बरको मोटरसाइकललाई आज बिहान ११.४५ बजे भरतपुरको वीरेन्द्र क्याम्पस गेट अगाडि ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । 

मोटरसाइकलको पछाडि सवार थापाको मृत्यु भए पनि चालक भने सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । 

यस्तै भरतपुर महानगरपालिका–१६ का टीकाबहादुर बस्नेत करेन्ट लागेर गम्भीर घाइते भएका छन् । बस्नेत बिहान सडकमा हिँडिरहेको समयमा पोलको तार चँुडिएर करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते बस्नेतको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं