Date:2017/10/20 |Friday

नारायणटार वाग्मती पुलमुनिको सडक सञ्चालन

Posted on: October 13, 2017 | views: 33 |

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नारायणटारस्थित वाग्मती पुलमुनि नदीको दायाँबायाँ सडक सञ्चालनमा ल्याएको छ । 

गुह्येश्वरीदेखि गोकर्णसम्म वाग्मतीको दायाँबायाँ सडक सञ्चालनमा आएको दशक बितिसक्दा पनि पुलमुनि सडक नबन्दा नारायणटार पुगेपछि सवारीसाधन घुमेर वाग्मती कोरिडोरमा जानुपर्ने बाध्यता थियो । यसले गर्दा घण्टौँ सवारी जाममापर्ने समस्या थियो । 

पुलमुनिको सडक खुलेपछि सडकको चापको समस्या हटेको नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले बताए । 

यो सडकबाट साँखु हुँदै सिन्धुपाल्चोक र भक्तपुरको नगरकोट जान सडक खुलेकाले पनि सवारीको चाप हुने गरेको छ । चाबहिल–साँखु सडक विस्तार भइरहेकाले पनि सवारी चाप हुने गरेको छ । 

नगरपालिकाको रु २५ लाख लगानीमा पुलमुनिको सडक बनेको हो । सडकको आज शुभारम्भ गर्दै नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरभित्रको पूर्वाधार विकासमा नगरपालिकाको ध्यान केन्द्रित भएको बताए । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं