20th June | 2018 | Wednesday | 3:02:40 PM

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

  POSTED ON : Saturday, 11 November, 2017 (12:42:33 PM)

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

काठमाडौं । नेपालका बरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार आफ्नै निवासमा निधन भएको छ ।

९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । शनिबार बिहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा बिष्टको निधन भएको परिवारिक स्रोतले जनाएको छ । 

पूर्वप्रधानमन्त्री विष्ट करिब एक वर्षदेखि बेडमै आराम गरिरहेका थिए । बिष्ट तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।