Date:2017/11/23 |Thursday

गाँजासहित पक्राउ

Posted on: November 11, 2017 | views: 17 |

हिमालय टाइम्स 

बारा । लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरी शुक्रवार प्रहरीले सार्वजनिक गरेको छ । सिम्रौनगढ नगरपालिका २ का २६ वर्षीय सरोजप्रसाद यादव र सिम्रौनगढ नगरपालिका ३ का २० वर्षीय रामबालकप्रसाद यादवलाई अवैध गाँजा ओसारपसार अभियोगमा जमुनी खोलानजिकबाट पक्राउ गरी बारा प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । 

बिहीबार सशस्त्र प्रहरीको सुरक्षा वेश क्याम्प तेलकुवा र नेपाल प्रहरीको संयुक्त टोलीले भारततर्फ लैजाँदै गरेको अवस्थामा बा४प ४१७६ नम्बरको मोटरसाइकलमा लोड गरिएको २३ किलो गाँजासहित दुईजनालाई नियन्त्रण गर्न सफल भएको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताए ।

पक्राउ परेका गाँजा तस्कर दुवैलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थमाई अनुसन्धान भइरहेको प्रउ वैदवारले बताए । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं