20th September | 2018 | Thursday | 9:57:51 AM

ठगेर भाग्ने पक्राउ

  POSTED ON : Saturday, 11 November, 2017 (1:29:35 PM)

ठगेर भाग्ने पक्राउ

हिमालय टाइम्स 

बारा । एक किलो ३ सय ४८ ग्राम सुन ठगेर भाग्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कलैया उपमहानगरपालिका ४ का शिवम ज्वेलर्सका सञ्चालक शिवकुमार सर्राफको सुन ठगेर भाग्ने अभियोगमा सिम्रौनगढ ६ का अजय कुमारसाह सर्राफलाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो । 

बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले शिवम ज्वेलर्स पसलको लागि काठमाडांैबाट सुन खरिद गर्न गएका पक्राउ परेका सर्राफका ससुरा सुन लिएर सम्पर्कविहीन भएपछि सुन धनीले दिएको उजुरीको आधारमा सर्राफ सुनसहित पक्राउ परेको बताएका छन् । 

विशेष सूचनाको आधारमा पक्राउ परेको सर्राफको घरमा खान तलाश गर्दा ठगिएको सुनसहित उनी पक्राउ परेको उनले प्रउ वैदवारले बताए । 

सुनको बजार मूल्य ६३ लाख ६४ हजार रहेको र प्रक्रिया पु¥याएर सुनधनीलाई सुन जिम्मा लगाउने पत्रकार सम्मेलनमा प्रउ वैदवारले जानकारी गराए । सुन ठगीका मुख्य योजनाकार रहेका मानिस फरार रहेको र उनलाई नियन्त्रणमा लिनका लागि विशेष सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । 


Views: 37