Date:2017/11/23 |Thursday

बाबुले छोरी र दुई नातिनीको हत्या गरे

Posted on: November 11, 2017 | views: 26 |

रोल्पा । रोल्पा नगरपालिका–७ गोरबोट घापाका ४३ वर्षीय लीलबहादुर पुनले आफ्नो छोरीसहित दुई नातिनीको शुक्रबार राति हत्या गरेका छन् । 

२५ वर्षीया छोरी पेवावती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी निया केसीको बञ्चरो प्रहार गरेर लीलबहादुरले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए। 

छोरी पेवावती बिरामी बाबुलाई भेट्न तीन दिनअधि माइत आइकी थिइन् । लीलबहादुरकी पत्नी तीर्था र छोरा भागेर बाच्न सफल भएको बताइएको छ । लीलबहादुर पुन मानसिक असन्तुलनसँगै केही दिनदेखि बिरामी परेका थिए । बुबा बिरामी भएको खबर थाहा पाएपछि पेवावती छोरी बोकेर बिरामी बुबा भेट्न माइत आएकी थिइन् । 

जेठी छोरीलाई पिठ्यूँमा बोकेर र कान्छी छोरीलाई काखमा राखेर चाउचाउ खाइरहेको बेलामा एक्कासि बञ्चरो प्रहार गरेर हत्या गरेको बताइएको छ । हत्या गरिएको छोरीका पति वैदेशिक रोजगारीका लागि मलेसियामा रहेको बताइएको छ । हत्या आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रासस

Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं