Date:2017/11/23 |Thursday

पूर्वप्रधानमन्त्री विष्टको निधन

Posted on: November 12, 2017 | views: 31 |

हिमालय टाइम्स

काठमाडौं । इमान र निष्ठाका राजनीतिज्ञ मानिएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ । शनिबार बिहान ज्ञानेश्वरस्थित आफ्नै निवासमा ९१ वर्षको उमेरमा विष्टको निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । 

विष्ट पञ्चायतकालमा सहायक मन्त्री, मन्त्री हुँदै तीनपटक प्रधानमन्त्री भएका थिए । पहिलोपटक २०२५ सालमा प्रधानमन्त्री नियुक्त भएका विष्टले एक वर्ष जिम्मेवारी सहृमाले थिए । दोस्रोपटक २०२८ सालमा फेरि प्रधानमन्त्री भएका विष्टले २०३० असारमा सिंहदरबारमा आगलागी भएपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए । तेस्रोपटक उनी २०३४ सालमा प्रधानमन्त्री नियुक्त भई दुई वर्ष कार्यभार सहृमालेका थिए । जनआन्दोलनबाट बहुदलीय व्यवस्था स्थापना भएपछि उनी राजनीतिमा निष्क्रिय थिए । 

राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि उनले २०६१ सालमा विष्टलाई आफ्नो अध्यक्षताको मन्त्रिपरिषद्मा डा. तुलसी गिरीसँगै उपाध्यक्ष नियुक्त गरेका थिए । 

नेपाली राष्ट्रिय कांग्रेसबाट राजनीति सुरु गरेका विष्ट २००७ सालमा भएको राजनीतिक क्रान्तिमा सक्रिय सहभागी थए । २०१७ सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्था अन्त्य गरी शासन हातमा लिएपछि विष्टले राजाको कदमको समर्थन गरेका थिए । उनी करिब दुई दशक पञ्चायती शासनमा सक्रिय रहे । 

चीनसँगको नेपाली सीमा क्षेत्रमा भारतले राख्दै आएको सुरक्षाकर्मी हटाउन विष्टले महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । भारतले २०२७ सालसम्म नेपाल र चीनबीचको सीमा क्षेत्रमा आफ्ना सुरक्षाकर्मी राख्दै आएको थियो । तिब्बती शरणार्थीको खम्पा विद्रोह दबाउन पनि विष्टको भूमिका महŒवपूर्ण मानिन्छ । 

विष्ट निष्ठा र इमानका राजनीतिज्ञका रूपमा सुपरिचित थिए । 

शनिबार पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानविना सामान्य नागरिकसरह उनको अन्त्येष्टि गरियो । पारिवारिक स्रोतका अनुसार उनकै इच्छाअनुसार सामान्य नागरिकको हैसियतमा अन्त्येष्टि गरिएको हो । 

विष्टले पूर्वप्रधानमन्त्रीका हैसियतमा कुनै सुविधा लिएका थिएनन् । उनले एक टेलिभिजन अन्तर्वार्तामा आफूले सरकारकासँग कहिल्यै कुनै सुविधा नलिएको, आफूलाई सुविधा आवश्यक परेको र सरकारले पनि नसोधेको बताएका थिए । 

अन्त्येष्टिमा थोरै राजनीतिज्ञ, पारिवारिक सदस्य र केही शुभेच्छुक सहभागी थिए । पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल, अर्का पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपा अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका नेता डा. प्रकाशचन्द्र लोहनीलगायत केही नेता आर्यघाट पुगेका थिए । 

 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं