Date:2017/11/23 |Thursday

बज्राचार्य रक्तदान समाज चौथो वर्षमा प्रवेश

Posted on: November 12, 2017 | views: 24 |

काठमाडौं । रक्तदान जीवनदान भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै स्थापना भएको बज्राचार्य रक्तदान समाज चौथो वर्षमा प्रवेश गरेको छ । 

स्थापनाको चौथो वार्षिक उपलक्ष्यमा शनिबार नेपा बैकेट, खुसिबुँमा आफ्ना सदस्यहरुको वृहत सहभागीतामा बिभिन्न कार्यक्रमहरु गरि सम्पन्न गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथी काठमाण्डौं महानगर पालिकाका मयेर विद्या सुन्दर शाक्यले आफ्नो छोटो मन्तव्य दिने क्रममा स्वस्फर्त रुपमा संगठित भई रक्तदान जस्तो पवित्र कार्यमा लागेका सम्पुर्ण बज्राचार्यहरुको योगदानको प्रसंसा गरेका छन् । सथै उनले महानगर पालिकाको तर्फवाट यस्तो सामाजिक कार्यमा लागेको बज्राचार्य रक्तदान समाजलाई आफुले सक्दो सहयोग गर्ने बताएका छन् । 

त्यस्तै विशेष अतिथी केन्द्रीय रक्त संचार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले बज्राचार्य रक्तदान समाजले रगत संकलन गर्ने कार्यमा आफ्नो संस्थालाई साथ दिएकोमा आभार प्रकट गर्दै धन्यवाद दिएका छन् । 

९२ औं पटक रक्तदान गरीसकेका बज्राचार्य रक्तदान समाजका अध्यक्ष अगममान गुभाजु बज्राचार्यले यस समाजले आफ्नो स्थापनाको छोटो अवधिमा नै पाँच सय भन्दा बढी आजीवन सदस्यहरु बनाउन सफल भएको बताएका छन् । 

समाजले २०७१ सालदेखि हाल सम्म सात पटक रक्तदान कार्यक्रमको आयोजना गरी कुल सात सय छत्तीस जनावाट रगत संकलन गरी केन्द्रीय रक्त संचार सेवालाई प्रदान गरेको उनले बताए ।  





Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं