Date:2017/11/23 |Thursday

गौचनको हत्यामा संलग्न सुटरसहित ५ जना पक्राउ

Posted on: November 14, 2017 | views: 38 |

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ । 

महानगरि प्रहरी कार्यालय रानीपोखरिले भृकुटिमण्डप स्थित नेपाल पुलिस क्लबमा पत्रकार सम्मेल गरि सार्वजनिक गरेको हो । मुख्य योजनाकार भने अझै फरार छन् । 

हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् । त्यस्तै सुटर नुवाकोटका राजिव तामाङ पनि पक्राउ भएको प्रहरीले बताएको छ । 

गौचनको २३ असोजमा खरिबोटमा दिउँसै गोली हानेर हत्या भएको थियो । 

पक्राउ पर्नेहरु

राजीव स्याङ्ताङ

शिवजी महतो

मुकेश कुमार पाण्डे

सन्तोष गुरुङ

प्रकाश बुढाथोकी 

फरार अभियुक्त

समिर बस्नेत

मनोज पुन

लोप्साङ

गंगा लिङ्देन

श्याम बहादुर गुम्बे

अम्बर बहादुर लामा

राशन बुढाथोकी 

अजय थापा 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं