22nd February | 2018 | Thursday | 12:59:39 PM

वैदेशिक रोजगार विभागका महानिर्देशकलाई अख्तियारले समात्यो

  POSTED ON : Wednesday, 15 November, 2017 (2:07:08 PM)

वैदेशिक रोजगार विभागका महानिर्देशकलाई अख्तियारले समात्यो

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलील पक्राउ गरेको छ ।

पाण्डेलाई अख्तियारको टोलीले मित्रपार्क चाबहिलस्थित उनको निवासबाटै पक्राउ गरेर हिरासतमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।

उनीहरुले दिएको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो देखिएपछि पक्राउ गरिएको हो ।  वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रणी फुडल्याण्डबाट पौडल र केसी समातिएका थिए । पाण्डे आगामी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए ।


सम्बन्धित सामग्री:

पुन र आले मारिए

: Wednesday, 21 February, 2018 (11:28:19 AM)