Date:2017/11/23 |Thursday

वैदेशिक रोजगार विभागका महा-निर्देशक पाण्डे पक्राउ

Posted on: November 15, 2017 | views: 37 |

हिमालय टाइम्स काठमाण्डौ । वैदेशिक रोजगार विभागका महा निर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केहिबेर अघि पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई १० लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो देखिएपछि पक्राउ गरिएको अख्तियार श्रोतले जानकारी दिएको छ ।
पाण्डे आगामी मंसिर ६ गते अवकाश पाउदै थिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं