19th August | 2018 | Sunday | 9:12:54 PM

बुबाको किरिया बसेका जोशी पक्राउ

  POSTED ON : Tuesday, 21 November, 2017 (12:37:05 PM)

बुबाको किरिया बसेका जोशी पक्राउ

बैतडी । बुबाको किरियामा बसेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहका जिल्ला इञ्चार्ज वासुदेव जोशी पक्राउ परेका छन् । 

जोशीलाई सोमबार प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो । जिल्लामा निर्वाचन विरोधि गतिविधि गरेर नागरिकमा त्रास सिर्जना गरेकाले जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याले जनाएको छ । 

बुबाको किरिया बसेको ११ औँ दिनमा प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएपछि परिवारले आपत्ति जनाएका छन् । 

कुनै नराम्रो गतिविधिमा संलग्न नरहेका जोशीलाई घरबाटै पक्राउ गरेको उनको भाइअनिरुद्र जोशीले बताएका छन् । तर प्रहरीले भने किरिया सकिसकेको र शंकास्पद व्यक्ति भएकाले पक्राउ गरेको जनाएको छ ।