18th February | 2018 | Sunday | 4:55:40 AM

बराहक्षेत्र मन्दिरका परेवा भकाभक मर्दै

  POSTED ON : Wednesday, 22 November, 2017 (1:23:51 PM)

बराहक्षेत्र मन्दिरका परेवा भकाभक मर्दै

इटहरी । हिन्दू धार्मिक तीर्थस्थल सुनसरीको बराहक्षेत्र मन्दिरमा रहेका परेवा भकाभक मर्न थालेको छन् । 

बराहक्षेत्रका मुख्य मन्दिरबाहेक सूर्य भगवान लगायतका मन्दिरको छत वा मन्दिर परिसरमा नै थुप्रै परेवा मर्नुको कारण के हो भन्ने सम्बन्धमा सम्बन्धित निकायले जाँच नगरेकाले भन्न सक्ने अवस्था नरहेको त्यहाँका पुजारीको भनाइ रहेको छ । 

बराहक्षेत्र मन्दिर नजिकै घर रहेका भक्त श्रेष्ठले मन्दिरका परेवा भकाभक मरेको विषयमा प्रश्न गर्दा उनले मन्दिरको चुना खाएर परेवा मरिरहेको जानकारी दिएका छन् । 

मन्दिरका परेवा चुना खाएर झोक्राउने र बिहान घाम नलाग्दै मर्ने गरेको पनि जानकारी दिएका छन् । मन्दिर परिसरमा घाम लागेर परेवा तातेपछि बिहान झोक्रिएका परेवा दिउँसो सरस्वाउँदो बन्ने गरेको मन्दिर आसपासका स्थानीयवासीले जानकारी दिएका छन् । तर केही स्थानीयवासीले भने केही दिनदेखि परेवा मरिरहेकाले किन मरेका हुन् भनेर यकिनसँग भन्न नसकिने बताएका छन् । रासस