Date:2017/12/14 |Thursday

फाल्गुनन्दको स्मृति कार्यक्रममा राष्ट्रपति भण्डारी आउँदै

Posted on: November 23, 2017 | views: 42 |

इलाम । राष्ट्रपति विद्यादेवी भण्डारी यही मंसिर १० गते इलामको चुलाचुलीमा हुने राष्ट्रिय विभूति फाल्गुनन्दको १६ औँ स्मृति कार्यक्रमका लागि आउने कार्यक्रम तय भएको छ । 

चुलाचुली गाउँपालिका–१ कमलस्थित फाल्गुनन्द बहुभाषिक पाठशालाको दोस्रो वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भण्डारी आउने कार्यक्रम तय भएको नुमाङ्गेना सेवा संघका अध्यक्ष डम्बर तुम्बापोले बताए । 

फाल्गुनन्दका अनुयायी चेला किरात धर्म संरक्षक गुरू लाफायाङ देवबहादुर तुम्बापोको ७५औँ जन्मोत्सव परेको छ । “यो अवसरमा राष्ट्रपतिलाई निमन्त्रणा गरेका हौँ, उहाँ आउने पक्का भएको छ”– अध्यक्ष तुम्बापोले भने । 

राष्ट्रपति भण्डारीले राष्ट्रिय विभूति फाल्गुन्दको स्मारक अनावरण गर्ने, समाजसेवी, दातालगायतका विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ । 

विसं २०७२ देखि शुरू गरिएको पाठशालामा अहिले ८० जना बालबालिका अध्ययनरत छन् । किरात लिपिअन्तर्गत पढाइ हुने पाठशालामा स्थानीय सबै जातजातिका बालबालिका अध्ययनरत रहेको अध्यक्ष तुम्बापो बताए ।रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं