Date:2017/12/14 |Thursday

कुश्ती खेलाडी यादवको निधन

Posted on: December 06, 2017 | views: 103 |

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका कुश्ती खेलाडी मधु यादवको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । 

साविक कोइलाडी मधेपुरा गाविसको विगत १५ वर्षदेखि निरन्तर वडाध्यक्ष रहँदै आएका वडा नम्बर–८ निवासी यादवको असामयिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

उनि विगत केही समयदेखि मधुमेह तथा मुटुरोगबाट पीडित रहँदै आएका थियो । कुश्ती खेलका राष्ट्रिय खेलाडीसमेत रहेका उनको जिल्ला तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी भई दर्जनौँ कप, पदक तथा पुरस्कारसमेत प्राप्त गरेका थिए । 

उनि कोइलाडी मधेपुरास्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका थिए । यस अतिरिक्त सामाजिक क्षेत्रमा उनको धेरै योगदान रहेको थियो । यादवका एक पत्नी, छोरा र दुई छोरी रहेका छन् । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं