Date:2017/12/14 |Thursday

उत्कृष्ट स्वयंसेवी पुरस्कृत

Posted on: December 06, 2017 | views: 37 |

काठमाडौँ । मानवीय सेवामा अतुलनीय योगदान पु¥याएबापत तीन जना स्वयंसेवीले उत्कृष्ट मानवीय सेवा सम्मान एवं पुरस्कार प्राप्त गर्न सफल भएका छन् । 

यसरी पुरस्कृत हुनेहरुमा नेपाल रेडक्रश सोसाइटीका स्वयंसेवकद्वय नारायणकुमार श्रेष्ठ (एम्बुलेन्स अंकल, धादिङ) र राजन श्रीवास्तव (पर्सा) र सजना सुनुवार (सुर्खेत) हरेका छन् । 

अन्तरराष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा विभिन्न संस्थाद्वारा मंगलबार आयोजित कार्यक्रममा उनीहरुलाई नगद ५० हजारसहित सम्मान गरिएको सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिएका छन् । 

वीरगञ्जलगायत आसपासका क्षेत्रमा रगतको अभाव हुन नदिई आम रक्तदातालाई रक्तदान गर्न उत्प्रेरणा जगाएबापत स्वयंसेवक श्रीवास्तव र प्रकोप तथा दुर्घटनामा स्थलगत उद्धार कार्यमा अनवरतरुपमा खटिएबापत स्वयंसेवक श्रेष्ठले सो सम्मान प्राप्त गरेका हुन् । 

यसैगरी, महिला हिंसा अन्त्य र जोखिममा परेका बालबालिका उद्धार कार्यमा योगदान दिएबापत सुनुवारले सो सम्मान प्राप्त गर्न सफल भएका हुन् ।

सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिरोध कार्यक्रमका राष्ट्रिय संयोजक उमेश ढकाल र राष्ट्रसंघीय स्वयंसेवक संस्था (युएनभी)का नेपाल निर्देशक जयशंकर लालले उनीहरुलाई सम्मान प्रदान गरेका हुन् । 

युएनभीले हरेक वर्ष मानवीय सेवामा उत्कृष्ट कार्य गर्नेलाई सम्मान गर्दै आएको छ । सो अवसरमा कार्यक्रम संयोजक ढकालले मानवीय सेवामा तल्लीन हुनु सोसाइटीको प्रमुख दायित्व रहेको बताएका छन् । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं