18th February | 2018 | Sunday | 4:36:48 PM

लेक लागेर भरियाको मृत्यु

  POSTED ON : Wednesday, 06 December, 2017 (6:43:33 PM)

लेक लागेर भरियाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको नाम्चेमा लेक लागेर एक युवकको मृत्यु भएकोछ । 

दुकौशीका गाउँपापिका–७ देउसाका २० वर्षीय पूर्णबहादुर राईको ट्रेकिङ जाने क्रममा लेक लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु पासङ ल्हामु गाउँपालिका–४ गोरक्सेपमा मगंलबार साँझ लेक लागेर बिरामी परेका राईको इलाका स्वास्थ्य चौकी नाम्चेमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

इन्टेक कम्पनी काठमाडौँबाट सगरमाथा बेसक्याम्पको लागि भरियाका रुपमा आएका राईको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आजै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए । रासस