23rd October | 2018 | Tuesday | 10:28:17 AM

रुपन्देही आजपनि बन्द–जनजीवन प्रभावित

  POSTED ON : Sunday, 07 January, 2018 (11:48:08 AM)

रुपन्देही आजपनि बन्द–जनजीवन प्रभावित

चन्द्रकान्त खनाल

रुपन्देही ।  वसन्त पौडेल हत्याको विरोधमा युवा संघ रुपन्देहीले  गरेको बन्द आजपनि कायम रहेको छ । युवा संघको आह्वानमा भएको रुपन्देही बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

 हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म आन्दोलन जारी रहने युवा संघ रुपन्देहीका अध्यक्ष नकुल शाहीले बताए । आइतबार पनि बन्द कायमै छ उनले भने, ‘प्रशासनले हत्याराको खोजी र अनुसन्धानलाई तीब्र बनाउनु पर्यो । पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्यो ।’ 

बन्दका कारण रुपन्देहीका सबै विद्यालय  कलकारखाना उद्योग धन्दा बन्द भएका छन ।  बुटवलबाट बाहिर जाने र आउने यातायताका साधन समेत पूर्णरुपमा बन्द भएका छन बन्द शान्तिपूर्ण रहेको छ । आज बुटवलमा एमाले निकट उद्योगीहरुले प्रर्दशन गर्ने भएका छन बिहान ११ बजे बुटबलको राजमार्ग चौराहमा  हत्यारालाई कारवाहीकोे माग गर्दे  बिरोध प्रर्दशन गरेका छन ।


Views: 38