22nd July | 2018 | Sunday | 8:50:09 PM

दुई दिन देखि जारी रुपन्देही बन्द फिर्ता

  POSTED ON : Sunday, 07 January, 2018 (6:12:02 PM)

दुई दिन देखि जारी रुपन्देही बन्द फिर्ता

हिमालय टाइम्स । रुपन्देहीका फर्निचर व्यवसायी वसन्त पौडेललाई गोली हानी हत्या गरेको विरोधमा दुई दिनदेखि जारी रहेको बन्द आजबाट फिर्ता भएको छ । दुई दिनदेखि बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको थियो ।

नेकपा एमालेको युवा संघले बन्द आह्वान गरेको थिया े। हत्यारालाई सार्वजनिक नगरेसम्म हड्ताल जारी रहने युवा संघले बताउँदै आएको थियो । आज भएको दुई पक्षीय वार्तापछि बन्द फिर्ता भएको हो । सरकारले स्पेसल टास्कफोर्स गठन गरी हत्यारा पक्राउ गर्ने आश्वासन दिएपछि बन्द फिर्ता लिइएको हो ।