22nd July | 2018 | Sunday | 8:50:56 PM

डा.गोविन्द केसीको प्रधानन्यायाधीस विरुद्ध अनसनको तयारी

  POSTED ON : Monday, 08 January, 2018 (11:35:03 AM)

डा.गोविन्द केसीको प्रधानन्यायाधीस विरुद्ध अनसनको तयारी

हिमालय टाइम्स काठमाडौँ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशि शर्मा चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाल गरेपछि प्रा.डा. गोविन्द केसीले १४ औं अनसनको तयारी गरेका छन् ।

दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको केसीका सहयोगी डा. अभिषेक सिंहले जानकारी दिएका छन् ।

डा. शर्मालाई कानुनविपरीत बर्खास्त गरिएको ठहर गर्दै सर्वोच्च अदालतले आइतबार पुनर्बहाली गर्न आदेश दिएको थियो । 

आगामी बिहीबार पदावधि सकिनु चार दिनअघि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई पुनर्बहाली गरेपछि केसी प्रधानन्यायाधीशविरुद्ध नै अनसनमा उत्रिन लागेका हुन् ।