26th April | 2018 | Thursday | 3:00:40 AM

नेपाल ज्योतिष परिषद्को २० औं वार्षिकोत्सव सम्पन्न

  POSTED ON : Monday, 08 January, 2018 (6:03:40 PM)

नेपाल ज्योतिष परिषद्को २० औं वार्षिकोत्सव सम्पन्न

हिमालय टाइम्स । नेपाल ज्योतिष परिषद्को २० औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । वि.सं. २०५५ साल पौष २४ गते डा. लोकराज पौडेलको अध्यक्षतामा स्थापना भएको नेपाल ज्योतिष परिषद्ले २० बर्ष पूरा भएको छ । हाल नेपालका ६३ जिल्लामा आफ्नो शाखा विस्तार गरेको परिषद्का महासचिव सन्तोष वाशिष्ठले बताएका छन् । कार्यक्रमको शुरुवातमा नेपाल ज्योतिष परिषद्को वर्तमान अवस्था र भावी योजना प्रस्तुत गर्दै महासचिव वाशिष्ठले आगामी वार्षिकोत्सव नेपाल ज्योतिष परिषद्को आफ्नै भवनमा गर्ने लक्ष्यका साथ काम भइरहेको बताएका छन् ।

प्रमुख अतिथि नेपाल सरकारको महिला तथा बालबालिका राज्यमन्त्री कान्ता भट्टराईले पानसमा बत्ति बाली सुरु भएको परिषद्को कार्यक्रम ज्योतिष विधामा सेवा पुर्याउँदै गर्दा दिवंगत भएका ज्योतिषहरुको संझनामा एक मिनेट मौनधारण समेत गरिएको थियो । कार्यक्रममा बोल्दै राज्यमन्त्री भट्टराईले ज्योतिष विधा र धर्मशास्त्रको जगेर्नाका लागि सबैले आ–आफ्नो ठाँउबाट सहयोग पुर्याउनु पर्ने बताएकी थिइन् । उनले भनिन्, ‘राज्यका चौथो अंगका रुपमा हेरिएका पत्रकार तथा पञ्चाङ्ग विद्यामा योगदान पुर्याउने व्यक्तिलाई नेपाल ज्योतिष परिषद्ले सम्मान गरेकोमा धन्यवाद दिन चाहन्छु ।’  ज्योतिष विधा एक अत्यन्त महत्वपूर्ण विधाको रुपमा रहेको बताउँदै राज्यमन्त्री भट्टराईले सबैले मिलेर यसको जगेर्ना गर्नुपर्ने बताइन् ।

 नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीकोे हलमा ज्योतिष विधामा दख्खल भएका वरिष्ठ व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको उक्त २० औं स्थापना दिवस, नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेको सभापतित्वमा भएको थियो । कार्यक्रममा बोल्दै किरात ज्योतिष संघका अध्यक्ष गुरु चन्द्रबहादुर शेर्माले धर्मको कुनै जात नहुने बताएका थिए । नेपालमा रहेका सम्पूर्ण ज्योतिषहरुको एक छाता संगठनका रुपमा नेपाल ज्योतिष परिषद् रहेको बताउँदै उनले भने, ‘ज्योतिषहरुको ज्ञानशक्तिलाई एकिकृत गरि ज्योतिष विधालाई अझ शक्तिकेन्द्रीत बनाउनु पर्छ ।’

परिषद््को केन्द्रीय समितिद्धारा आयोजित कार्यक्रममा वैदिक सनातन धर्मलाई अक्षुण राख्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने पञ्चाङ्ग र पञ्चाङ्गकारद्धय तोयानाथ पञ्चाङ्ग समितिका सूर्यनाथ पन्त तथा बाबुराम पञ्चाङ्ग समितिका विश्वराम सापकोटा त्यसैगरी ज्योतिषशास्त्र र धर्मशास्त्रका गतिविधिलाई प्रेस मार्फत पाठकसम्म पुर्याउन महत्वपूर्ण योगदान गर्ने संचारकर्मीद्धय हिमालय टाइम्स राष्ट्रिय दैनिकका मुरारी ढुंगेल र अर्का पत्रकार नरेन्द्र चुडालीलाई दोसल्ला तथा सम्मान पत्र प्रदान गर्दै सम्मान समेत गरिएको थियो ।

विशेष आतिथ्यमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम, नेपाल ज्योतिष परिषद्का संस्थापक अध्यक्ष डा. लोकराज पौड्याल, सल्लाकार प्राध्यापक श्रीकृष्ण अधिकारी, माधव भट्टराई लगायतका वरिष्ठ व्यक्तिले सम्वोधन गरेको उक्त कार्यक्रमको सभापतित्व नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेले गरेका थिए भने कार्यक्रमको संचालन सचिव लक्ष्मण पन्थीले गरेका थिए ।