23rd October | 2018 | Tuesday | 10:50:32 AM

बयान दिँदै डा. केसीले भने : प्रधानन्यायाधीशमाथि छानविन हुनुपर्छ

  POSTED ON : Tuesday, 09 January, 2018 (3:58:59 PM)

बयान दिँदै डा. केसीले भने : प्रधानन्यायाधीशमाथि छानविन हुनुपर्छ

हिमालय टाइम्स काठमाडौँ  । डा. गोविन्द केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा आफ्नो बयान दिने क्रममा सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।

डा केसीले प्रधानन्यायाधीश पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको भन्दै उनीमाथि न्यायिक छानबिन गरी कारबाही हुनुपर्ने, अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सफाइ दिएको प्रकरणमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने उल्लेख गरेका छन् ।

आफ्नो बयानमा केसीले प्रधानन्यायाधीश पराजुलीले जग्गा प्लटिङ गर्ने सरकारी नीति विरुद्ध फैसला गरेको, कर तिर्न बाँकी भएको संस्थाको पक्षमा फैसला गरेको जस्ता बिषयमा अनुसन्धान हुनुपर्ने माग राखेका छन् ।

त्यसैगरी सर्वोच्चका प्रधानन्यायाधीस पराजुलीको एसएलसीको सर्टि्फिकेट फेला नपरेको, उमेर सच्चाएर नागरिकता लिएको लगायतका विषमा अनुसन्धान हुनुपर्ने केसीले बताएका थिए।

केसीलाई सोमबार साँझ अदालतको अवहेलना मुद्दामा प्रहरीले पक्राउ गरेको थियो । 

न्यायाधीश ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशमा उनले बयान दिएका थिए ।


Views: 46