19th January | 2018 | Friday | 11:06:55 AM

एमाले अध्यक्ष ओली आज बैंकक जाँदै

  POSTED ON : 2018-01-10 05:23:26

एमाले अध्यक्ष ओली आज बैंकक जाँदै

हिमालय टाइम्स काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज बैंकक जाँदैछन्।

उनको एक साता बैंककमा बस्ने कार्यक्रम  छ । अध्यक्ष ओली मिर्गौला प्रत्यारोपणपछि उनी नियमिति स्वास्थ्य जाँचका लागि बैंकक जाने गरेका छन्।


उनी आज साढे १२ बजे थाई एयरवेजको नियमित उडानबाट बैंकक जान लागेका हुन् ।