23rd October | 2018 | Tuesday | 11:21:26 AM

प्रअको हैसियतमा कामकाज नगर्न अदालतको आदेश

  POSTED ON : Thursday, 11 January, 2018 (6:29:15 PM)

प्रअको हैसियतमा कामकाज नगर्न अदालतको आदेश

चिसाङ शेर्पा 

खोटाङ । उच्च अदालत ओखलढुंगाले खोटाङको बाक्सिलास्थित पृथ्बी उच्चमाविका प्रअ छत्रकुमार राईलाई प्रअको हैसियतमा कामकाज गर्न नदिन र नलगाउन विद्यालय व्यवस्थापन समितिलाई अन्तरिम आदेश जारी गरेको छ ।

वरिष्ठतालाई मिचेर प्रअ नियुक्ती गरिएको भन्दै सोही विद्यालयका शिक्षक रणबहादुर राईले दिएको रिट निबेदन उपर मुख्य न्यायाधिश टेकराज नेपाल र न्यायाधिस रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले बुधबार प्रअ छत्रकुमारलाई प्रअको हैसियतमा कामकाज गर्न नदिन र नलगाउन अन्तरिम आदेश जारी गरेको हो । 

विद्यालय प्रअका रुपमा कार्यरत जानुका राईले पुस १८ गते अनिवार्य अवकाश प्राप्त गरेपछि रिक्त पदमा वरिष्ठतालाई मिचेर छत्रकुमार राईलाई प्रअ नियुक्ती गरेको भन्दै परेको पुस १९ गते उच्च अदालतमा रिट परेको थियो । 


Views: 64