22nd July | 2018 | Sunday | 11:54:02 PM

नदी तर्नेक्रममा बालक बेपत्ता

  POSTED ON : Friday, 12 January, 2018 (5:43:55 PM)

नदी तर्नेक्रममा बालक बेपत्ता

चिसाङ शेर्पा 

हिमालय टाइम्स । खोटाङमा ट्यूव चढेर नदी तर्नेक्रममा एक बालक बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईका १४ वर्षीय छोरा किरण राई दुधकोसी नदीमा बेपत्ता भएका हुन् । छुट्टीमा साथीहरुसँग माछा मार्न दुधकोसीमा गएका किरण बिहिबार बेपत्ता भएको प्रहरीले जनाएको छ । 

दुधकोसी र सुनकोसीको संगमस्थल नजिकै जोर्तीघाटबाट ट्यूव चढेर नदी तर्नेक्रममा राई बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीका अनुसार उनी नदीकोबीचमा पुगेपछि ट्यूवबाट पल्टिएर थिए । बेपत्ताको खोजीका लागि प्रहरीचौकी च्यास्मिटारबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।