20th June | 2018 | Wednesday | 11:14:27 AM

५ किलो फोहोर संकलन गर्नेलाई फुटवल उपहार

चिसाङ शेर्पा   POSTED ON : Saturday, 13 January, 2018 (2:11:23 PM)

५ किलो फोहोर संकलन गर्नेलाई फुटवल उपहार


खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीले पाँच किलो फोहोर जम्मा गर्नेलाई फुटबल उपहार दिने अभियान शुरु गरेको छ । 

वडालाई सफा, सुन्दर र स्वच्छ राख्नका लागि रचनात्मक तवरमा सरसफाई गर्ने अभियान थालनी गरेको हो । वडाभित्रका सार्वजनिकस्थल तथा निजि क्षेत्रमा फोहोरमैला अत्याधिक बढेको भन्दै वडा कार्यालयले पुरस्कारको व्यवस्था गरेर वडा सरसफाई कार्यलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।

विशेषगरी वडाभित्रका सार्वजनिक क्षेत्रबाट पाँच किलो फोहोर जम्मा गरेवापत एउटा फुटवल प्रदान गर्ने भएपछि स्थानीय यूवाहरुलाई फोहोर जम्मा गर्न भ्याईनभ्याई भएको जनाईएको छ  । वडा कार्यालयभित्र प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर विस्तापित गर्नलाई सरसफाई शुुरु गरिएको वडाध्यक्ष रामचन्द्र राईले जानकारी दिए । वडामा प्लाष्टिकजन्य सामानमा रोक लगाईएको उनले बताए  ।