20th September | 2018 | Thursday | 2:39:43 PM

जेसिज अध्यक्षमा ढुंगेल निर्वा्चित

  POSTED ON : Sunday, 14 January, 2018 (10:52:21 AM)

जेसिज अध्यक्षमा ढुंगेल निर्वा्चित

भद्रपुर । भद्रपुर जेसिजको अध्यक्षमा सोमप्रसाद ढुंगेल सर्वसम्मत निर्वा्चित भएका छन् । 


वर्ष २०१७ मा जेसिजको जनसम्पर्क अधिकारीको जिम्मेवारी सम्हाली सक्नुभएका ढुंगेललाई चन्द्रगढीमा शनिबार सम्पन्न भएको जेसिजको ४४औँ वार्षिक साधारणसभाले वर्ष २०१८ का लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । 


यसैगरी कार्यकारिणी उपाध्यक्षमा सिर्जना उप्रेती प्रसाईं र जुनेस राउत सर्वसम्मत निर्वा्चित भएका हुन् । 


यसैगरी उपाध्यक्षमा क्रमशः खिलाराज पाण्डे, युवराज ढकाल, सविता कोइराला र सविता मैनाली घिमिरेलाई सर्वसम्मत चयन गरिएको भद्रपुर जेसिजले जनाएको छ । 


नेपाल जेसिजका १३९ वटा शाखामध्ये सबैभन्दा बढी सदस्य भद्रपुरमा रहेका छन् ।


Views: 44

सम्बन्धित सामग्री:

एक बन्दीको मृत्यु

: Thursday, 20 September, 2018 (12:47:36 PM)