Date:2018/01/16 |Tuesday

संखुवासभामा जीप दुर्घटना–गाँउपालिका अध्यक्षसहित ५ जनाको मृत्यु

Posted on: January 14, 2018 | views: 27 |

हिमालय टाइम्स संखुवासभा । संखुवासभाको सदरमुकाम खादबारीबाट भोटखोलाको बरुण मेला हेर्न जाने क्रममा जीप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्षसहित ५जनाको मृत्यु भएको छ ।

बा५च १३०९ नम्बरको जिप संखुवासभाको मकालु–३ समाटार भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ ।

 दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवालको मृत्यु भएको छ ।

स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वा्चित भएका थिए ।

अहिले जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली घटनास्थलतर्फ गइरहेको खवर छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं