16th December | 2018 | Sunday | 11:22:05 PM

मन्दिरको भेटीसहित चारवटा पसलमा चोरी

  POSTED ON : Sunday, 14 January, 2018 (3:38:02 PM)

मन्दिरको भेटीसहित चारवटा पसलमा चोरी

हिमालय टाइम्स । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानमा मन्दिरको भेटीसहित ४ वटा पसलमा चोरी भएको छ । शनिबार राति हलेसी बजारका पदम राई, चन्देश्वर चौधरी, हामस राई र कृष्ण कार्कीको पसलबाट चोरी भएको हो । ७५ हजार बढीको चोरी भएको अनुमान गरिएको छ । 

चोरीमा पदमको १५ हजार नगद, १८ हजार बराबरको रिचार्ज कार्ड, चन्देश्वको नगद ५ हजार, हामसको ३० हजार बराबरको ३ थान मोबाईलसेट र कृष्णको नगद ४ हजार चोरी भएको हो । त्यसैगरी हलेसी महादेव मन्दिरको तीनदिन अगाडीबाट जम्मा गरिएको भेटी चोरी भएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताए ।

शनिवार राती अन्दाजी १२ः३० बजेको समयमा चोरी भएको हुनसक्ने पीडितहरुको भनाई छ । चोरीको आशंकामा प्रहरीले २ जना व्यक्तिलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी नायव निरीक्षक नारायण प्रसाद कोइरालाले बताए । 


Views: 50