25th May | 2018 | Friday | 9:29:18 PM

चरेशसहित दुई जना पक्राउ

  POSTED ON : Saturday, 10 February, 2018 (6:08:00 PM)

चरेशसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले ७०० ग्राम लागुऔषध चरेशसहित दुई युवालाई पक्राउ गरेको छ । 

जैसीदेवल बस्ने सिन्धुपाल्चोक साँगाचोक–५ का नवीन गिरी र नुवाकोट लिखू–३ का प्रदिप तामाङलाई प्रहरीले डल्लुपुल नजिकबाट पक्राउ गरेको हो । 

उनीहरुले सो चरेश व्यापारिक प्रयोजन वा आफूले प्रयोग गर्नका लागि ल्याएका हुन् भन्नेबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । 

रासस