25th May | 2018 | Friday | 9:27:11 PM

आगो लगाइएकी युवतीको मृत्यु

  POSTED ON : Monday, 12 February, 2018 (7:08:18 PM)

आगो लगाइएकी युवतीको मृत्यु

काठमाडौँ । श्रीमानबाट शरिरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी एक युवतीको आज मृत्यु भएको छ । 

धनुषा सिरेश्वर नगरपालिका–८ की २४ वर्षीया फातिमा हजरा खातुनलाई केही दिनअघि श्रीमानले सम्बन्धविच्छेद गर्न दबाब दिँदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए । 

आगोले शरीरको झण्डै ६० प्रतिशत भाग जलेको अवस्थामा गत माघ २५ गते सो अस्पतालमा भर्ना गरिएको थियो । रासस