22nd June | 2018 | Friday | 11:01:00 AM

विमान दुर्घटना : कांग्रेसद्वारा दुःख व्यक्त

  POSTED ON : Monday, 12 March, 2018 (7:05:57 PM)

विमान दुर्घटना : कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भएको युए बङ्गला विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी व्यवस्थित उद्धार र घाइतेको सम्पूर्ण उपचार तथा दुर्घटनाको छानविन गर्न सरकारसँग माग गरेको छ । “घटनामा परी दिवंगत हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पणका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।